द्वन्द्वकालको मुद्दा अदालतमा जाँदा शान्ति प्रक्रिया कायम रहँदैन : शक्ति बस्नेत – Nepal Press

द्वन्द्वकालको मुद्दा अदालतमा जाँदा शान्ति प्रक्रिया कायम रहँदैन : शक्ति बस्नेत

‘विस्तृत शान्ति सम्झौता र संविधानको मर्मअनुसार सर्वोच्चले हेर्ने विश्वास छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले विस्तृत शान्ति सम्झौता, संविधानको मर्म र भावनाअनुसार संक्रमणकालीन न्यायको विषयबाटै टुंगिनुपर्नेमा जोड दिएका छन् ।

द्वन्द्वकालीन घटनाको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट दर्ता भएपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अहिले अदालतमा गइसकेको विषय भएकाले विस्तृत शान्ति सम्झौता र संविधानको मर्म बजोजिम हेर्ने विश्वास जनाए ।

उनले भने, ‘यसलाई रेगुलर कोटको विषय बनाउँदा शान्ति प्रक्रियाको निरन्तरता पाउँछ कि पाउँदैन ? शान्ति प्रक्रिया सम्मान हुन्छ कि हुँदैन भन्ने प्रश्न उठ्छ । विस्तृत शान्ति सम्झौताले द्वन्द्वकालका न्यायिक निरुपणको पक्षलाई संक्रमणकालीन न्यायको पक्षमा राखेको छ ।’

व्यवहारिक र विषयवस्तुको हिसाबले पनि संक्रमणकालीन न्यायको विषय संविधान र विस्तृत शान्ति सम्झौताअनुसार समाधान हुनुपर्ने तर्क राखे ।

‘विस्तृत शान्ति सम्झौतको हस्ताक्षरकर्तामध्येको एकजनालाई द्वन्द्वकालकै इस्युमा फौजदारी अभियोगको बाटोमा हिँड्दाखेरी शान्तिप्रक्रिया कायम रहँदैन’ नेता बस्नेतको भनाई छ ।

उनले शान्ति प्रक्रियालाई टुंग्याउन केही ढिलाइ भएपनि अब छिट्टै टुंग्याउन लागिरहेको बताए ।

प्रतिक्रिया

One thought on “द्वन्द्वकालको मुद्दा अदालतमा जाँदा शान्ति प्रक्रिया कायम रहँदैन : शक्ति बस्नेत

  1. किन शान्ति प्रक्रिया कायम रहदैन ? शान्ति प्रक्रिया अहिलेसम्म किन टुङ्गीयेन त ? यो दोगला कुरा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर