अल्मुताइरीले जिते उत्कृष्ट प्रशिक्षक अवार्ड (भिडिओ) – Nepal Press

अल्मुताइरीले जिते उत्कृष्ट प्रशिक्षक अवार्ड (भिडिओ)

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले गरेको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८’ अन्तर्गत वर्ष प्रशिक्षकको अवार्ड नेपाली राष्ट्रिय फुटबल टीमका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जितेका छन् ।

मंगलबार प्रज्ञा प्रतिष्ठानमा भएको वर्ष प्रशिक्षकको घोषणामा राष्ट्रिय फुटबल टीमका पूर्वप्रशिक्षक अल्मुताइरीले बाँकी चार मनोनीतलाई पछि पारेका हुन् । वर्ष प्रशिक्षक बनेका अल्मुताइरीले एक थान पल्सर मोटरसाइकल प्राप्त गरे ।

वर्षको सर्वश्रेष्ठ प्रशिक्षकमा नेपाली राष्ट्रिय फुटबल टीमका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगै क्रिकेट टीमका पूर्वप्रशिक्षक डेभ वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनीत भएका थिए ।

अल्मुताइरीले नेपाललाई पहिलो पटक एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पु¥याएका थिए । त्यस्तै माल्दिभ्समा भएको १३औं साफ च्याम्पियनसिपमा अल्मुताइरीको प्रशिक्षणमा रहेको नेपाली फुटबल टीमले पहिलो पटक फाइनल पुगेर इतिहास बनाएको थियो ।

अफ्रिकी देश मोरिसससँगको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले अल्मुाइरीको प्रशिक्षणमा जीत हात पारेको थियो । नेपाल पहिलो पटक अफ्रिकी राष्ट्रसँग अन्तर्राष्ट्रिय फुटबलको श्रृंखला जित्न सफल भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर