मनिष डाँगीलाई वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड (भिडिओ) – Nepal Press

मनिष डाँगीलाई वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड (भिडिओ)

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमका मिडफिल्डर मनिष डाँगीले नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) अवार्ड २०७८ को वर्ष उत्कृष्ट यवा खेलाडी घोषित भएका छन् ।

मंगलबार प्रज्ञा प्रतिष्ठानमा भएको वर्ष युवा खेलाडीको घोषणामा राष्ट्रिय टीमका मिडफिल्डर मनिषले बाँकी चार खेलाडीलाई पछि पारे । उनले युवा खेलाडीको मनोनयनमा परेका फुटबलकै प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनका रसिला महर्जन र भलिबलका उषा भण्डारी पछि पार्दै युवा वर्ष खेलाडीको अवार्ड जिते । युवा वर्ष खेलाडी चुनिएका उनले एक थान पल्सर मोटरसाइकल प्राप्त गरे ।

डांगीले अन्तर्राष्ट्रिय फुटबल ‘डेब्यु’मा एसियाकै ‘हेभीवेट’ इराकविरुद्ध दर्शनीय गोल गरेका छन् । त्यस्तै, साफ फुटबल च्याम्पियनसीपको उद्घाटन खेलमा आयोजक माल्दिभ्सविरुद्ध निर्णायक गोल गर्नुका साथै मच्छिन्द्र क्लबलाई लिग च्याम्पियन बनाउन योगदान दिएका छन् ।

तस्बिर : गाैरव पाैडेल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर