गठबन्धनमा ‘भोट क्रस’ को त्रास ! नेताहरू भन्छन्- मतदातालाई अझै प्रशिक्षित गर्छौं (भिडिओ) – Nepal Press

गठबन्धनमा ‘भोट क्रस’ को त्रास ! नेताहरू भन्छन्- मतदातालाई अझै प्रशिक्षित गर्छौं (भिडिओ)

काठमाडौं । नौ दलीय गठबन्धनभित्र राष्ट्रपतिको निर्वाचनमा अझै भोट क्रसको त्रास देखिएको छ । गठबन्धनले अघि सारेको उम्मेदवारभन्दा बाहिर मत जानसक्ने आकलन गरेर सांसदहरुलाई आ-आफ्नो पार्टीले प्रशिक्षित गर्ने निर्णय गरेको हो ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको बैठकमा बसेको गठबन्धनको बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठ भने, ‘निर्वाचनको सम्बन्धमा गर्नुपर्ने सबै कामलाई व्यवस्थित गर्ने र आ-आफ्नो पार्टीबाट सुरक्षित रुपमा मतदातालाई प्रशिक्षित गर्ने भन्ने बिषयमा छलफल भएको छ ।’

मौन अवधि सुरु भइसकेकाले आफ्ना पार्टीका नेता कार्यकर्ता र सांसदलाई सचेत बनाउन आग्रह गरेको बताए। उनले भोलि बिहान ११ बजेसम्म सबै सांसदहरुलाई काठमाडौं आइपुग्न निर्देशन उनको भनाइ छ ।

उनले भने, ‘आठदलीय गठबन्धनको मत ३१ हजार ५ सयभन्दा बढी छ । त्यसमा पनि थपिएका छन् । एमालेको १५ हजार हो। रास्वपा र राप्रपाले अझै निर्णय गरेको छैन। जित्नमा समस्या छैन। २५ गते ५ बजेभित्र रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित हुनुहुन्छ ।’

यस्तै, कांग्रस उपसभापति पुर्णबहादुर खड्काले पनि राष्ट्रपति निर्वाचनको सन्दर्भमा छलफल भएको बताए । उनले प्रचारप्रसारको काम बन्द भएकाले कसरी व्यवस्थित बनाउने भन्ने बिषयमा छलफल भएको उनको भनाइ छ । गठबन्धनलाई विस्तार भइसकेको जिकिर गर्दै अन्य बिषयमा राष्ट्रपति निर्वाचनपछि छलफल हुने बताए ।

तर, नेकपा एसका महासचिव बेदुराम भुसालले गठबन्धनको ओभरल विषयमा छलफल भएको बताए । उनले भने, ‘हामीले ओभर गठबन्धनको बिषयमा छलफल गरेका छौं । छलफल प्रारम्भ मात्रै भएको छ । अहिलेसम्म कुनै निष्कर्षमा पुगेका छैनौँ । गठबन्धनको मोडालिटीको बिषममा प्रारम्भिक छलफल भएको छ ।’

राष्ट्रपतिमा नौ दलीय गठबन्धनको तर्फबाट रामचन्द्र पौडेल र एमालेबाट सुवाङ नेम्वाङ प्रतिस्पर्धामा छन् । तर, धेरै दलबीचको गठबन्धन भएकाले गोप्य हुने निर्वाचनमा भोट क्रस हुनसक्ने कांग्रेसकै नेताहरुले सार्वजनिक रुपमा अभिव्यक्ति दिएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर