प्राधिकरणको विद्युत महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको, तत्काल भुक्तान गर्न आग्रह – Nepal Press

प्राधिकरणको विद्युत महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको, तत्काल भुक्तान गर्न आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको विद्युत महसुल तत्काल भुक्तान गर्न अनुरोध गरेको छ ।

प्राधिकरणले बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको भन्दै मंगलबार एक सूचना जारी गर्दै तत्काल भुक्तान गर्न भनेको हो ।

प्राधिकरणले आफ्नो सहमति नलिई आफूखुशी सडक बत्ती जडान नगर्न पनि भनेको छ । यदि जडान भइसकेको छ भने बत्तीको विद्युत खपत मापन गर्न तत्काल मिटर जडान गर्न पनि प्राधिकरणले भनेको छ ।

सूचनामा भनिएको छ, ‘सडक बत्तीको विद्युत शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी व्यहोर्नुपरेको छ । सडक बत्तीको बाँकी बक्यौता विद्युत महसुल शीघ्र भुक्तानी गरी दिनुहोला । प्राधिकरणको सहमति नलिई प्राधिकरणको विद्युत लाइनबाट सडक बत्ती जडान नगर्नुहोला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *