‘बले’लाई पितृ शोक, लोकगायक राजेन्द्र लम्सालको स्पेनमा निधन – Nepal Press

‘बले’लाई पितृ शोक, लोकगायक राजेन्द्र लम्सालको स्पेनमा निधन

काठमाडौं । हास्य कलाकार सागर लम्साल ‘बले’ लाई पितृ शोक परेको छ । उनका पिता लोकगायक राजेन्द्र लम्सालको हिजो निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार लम्साल लामो समयदेखि स्पेनमा बस्दै आएका थिए । उनी कलेजोको समस्याबाट पीडित थिए । करिब डेढ वर्ष अगाडि नेपाल आएर उनले हिमाल हस्पिटलमा उपचार गराएको बुझिएको छ ।

हिजो राति उनको स्पेनमा नै उपचारका क्रममा निधन भएको हो ।

लम्सालका दुई श्रीमती र चार सन्तान छन् । सागर कान्छीपट्टिका कान्छा छोरा हुन् । उनका दाइ अमेरिकामा र बहिनी अष्ट्रेलियामा छन् । यस्तै जेठी आमापट्टि एक जना भाइ छन् ।

लम्साल पुरानो पुस्ताका लोक गायक हुन् ।

उनले गाएका ‘वालिङ फिरफिरे…, म्याग्दी खोला किनारै बसेर…, आमा तिम्रो दूधको धारा कहिले तिरिन्छ…, सिरमा रिबन सलको पछ्यौरी…, पारी पर्‍यो भिर साह्रै पर्‍यो पिर…, लगायतका गीतहरू चर्चित थिए । उनले रेडियो नेपालबाट करिब पाँच दर्जन लोकगीत रेकर्ड गराएका छन् ।

उनले प्रेमराजा महत, अमर विरही गुरुङ, बमबहादुर कार्की लगायत गायकहरूसँग गीत गाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *