दीपेन्द्रले लिए यूएईका दुई महत्वपूर्ण विकेट, नेपालको पकडमा फर्कियो खेल – Nepal Press

दीपेन्द्रले लिए यूएईका दुई महत्वपूर्ण विकेट, नेपालको पकडमा फर्कियो खेल

सेलिब्रेसनमा डबल जम्प

काठमाडौं । यूएईविरुद्धको महत्वपूर्ण खेलमा नेपालले नवौं विकेट लिएको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले लगातार बलमा दुई विकेट लिएपछि खेलमा नेपालले पकड बनाएको छ ।

८२ रन बनाएर खेलिरहेका यूएईका ओपनर आसिफ खानले नेपालबाट जीत खोस्न सक्ने खतरा देखाइरहेका थिए । उनलाई ऐरीले कट एन्ड बोल्ड गरेपछि नेपाली क्याम्पमा उत्साह फैलियो । दीपेन्द्र स्वयम्ले विशेष तरिकाले सेलिब्रेसन गरे । उनले दुईपटक मैदानमा उल्टो जम्प हानेका थिए ।

लगत्तैको बलमा दीपेन्द्रले कार्तिक मियाप्पनलाई पनि कट एन्ड बोल्ड गरे । यो विकेटले खेलमा नेपालको पल्ला भारी भयो । यसपालि पनि दीपेन्द्रले डबल जम्पबाटै सेलिब्रेसन गरे ।

दीपेन्द्रको ओभर अगाडिसम्म खेल ५०/५० को अवस्थामा थियो । युएईसँग ४ विकेट बाँकी छँदा ५४ बलमा ५६ रन बनाउनुपर्ने थियो । तर, थप दुई विकेट दीपेन्द्रले लिएपछि खेल नेपालको पकडमा गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर