नेपाललाई पहिलो ओभरमै सफलता, सोमपालले लिए वासिमको विकेट – Nepal Press

नेपाललाई पहिलो ओभरमै सफलता, सोमपालले लिए वासिमको विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईविरुद्ध नेपालले पहिलो ओभरमै सफलता प्राप्त गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफ्नो स्पेलको पहिलो ओभर बलिङ गरेका सोमपालले दोस्रो बलमा यूएईका ओपनर मोहमद वासिमलाई बोल्डआउट गरे ।

टस हारेर फिल्डिङको निम्तो पाएको यूएई नेपालले दिएको २३० रनको विजयी लक्ष्य पछ्याइरहेको छ । शृंखलामा पीएनजीसँग दुई खेल हारेको यूएईले एक खेलमा नेपाललाई पराजित गरेको थियो । जारि खेल दुवै टीमका लागि शीर्ष तीन र एक दिवसीय मान्यता जोगाउन जित्नै पर्ने दबाब छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर