ब्याटिङ धर्मराएको खेलमा भीमको अर्धशतक, सम्हालिँदै नेपाल – Nepal Press

ब्याटिङ धर्मराएको खेलमा भीमको अर्धशतक, सम्हालिँदै नेपाल

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत अन्तिम खेलमा घरेलु टोली यूएईविरुद्ध नेपालका भीम सार्कीले अर्धशतक बनाएका छन् ।

टस जितेर ब्याटिङ रोजेको नेपालले ३९.३ ओभरमा ६ विकेट गुमाएर १ सय ५९ रन जोडेको छ । भीम ५३ रनमा खेल्दैछन् । ६८ रनमा ५ विकेट गुमाएको अवस्थामा भीमले सन्दीप लामिछानेसँग छैटौँ विकेटका लागि ५६ रनको साझेदारी गरे । भीम र आरिफ शेखबीच सातौँ विकेटका लागि ३५ रनको साझेदारी भइसकेको छ। आरिफ १९ रनमा खेल्दैछन् ।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीमले पहिलो अर्धशतक बनाएका हुन् । नेपालका लागि सन्दीपले २७, कुशल मल्लले ३२ र ज्ञानेन्द्र मल्लले ११ रन बनाए । आसिफ शेख ६, रोहित पौडेल १ र दीपेन्द्रसिंह ऐरी ४ रन बनाएर आउट भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर