उपाध्यायको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एसको पार्टी कार्यालयमा राखिने – Nepal Press

उपाध्यायको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एसको पार्टी कार्यालयमा राखिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं पार्टीको विज्ञान तथा प्रविधि विभाग प्रमुख सरोज उपाध्यायको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको छ ।

उपाध्यायको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज दिउँसो १ बजेदेखि ३ बजे सम्म नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा राखिने उपमहासचिव डा. गंगालाल तुलाधरले बताए ।

उपाध्यायको आजै पशुपति आर्यघाटमा अन्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

उपाध्यायको शनिबार काठमाडौंको शङ्खमूलस्थित एक कफिसपको छतबाट खसेर निधन भएको थियो । उनी नेकपा एसका अध्यक्ष माधव नेपालका भाइ हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर