यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, टिममा एक परिवर्तन – Nepal Press

यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, टिममा एक परिवर्तन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खलामा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेपछि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले ब्याटिङको निर्णय गर्दै घरेलु टिमलाई फिल्डिङको निम्तो दिए । यूएईविरुद्ध नेपाली टिममा प्लेइङ–११ मा एक खेलाडी परिवर्तन भएको छ ।

नेपाली टिमका ओपनर कुशल भुर्तेलको स्थानमा प्रतिश जिसीले टिममा स्थान बनाएका छन् । कुशलको ‘ग्रोइन’ मा समस्या देखिएपछि प्रतिशले उनको स्थान लिएका हुन् ।

नेपालसँगै, यूएई र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित शृंखलाको यो अन्तिम खेल हो । यसअघि नेपाल यूएईविरुद्धको पहिलो खेलमा ६८ रनले पराजित भएको थियो । तथापि, जारी शृङ्खलामा नेपालले पीएनजीविरुद्ध भने दुवै खेल जितेको थियो ।

नेपालले पीएनजीलाई पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा तीन विकेटले हराएको थियो । यूएई भने पीएनजीविरुद्धको दुवै खेलमा पराजित भएको थियो । आइतबार सम्पन्न खेलमा पनि यूएई पीएनजीसँग पाँच विकेटले पराजित भएको थियो ।

नेपाली टिम:

ज्ञानेन्द्र मल्ल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, प्रतिश जि।सी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर