पेनाल्टीमा चुके पनि बार्सिलोना विजय हात पार्न सफल – Nepal Press

पेनाल्टीमा चुके पनि बार्सिलोना विजय हात पार्न सफल

काठमाडौं ।  बार्सिलोनाले स्पेनिस ला लिगामा महत्त्वपूर्ण जित हात पारेको छ ।

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले भ्यालेन्सियामाथि १–० को जित निकालेको हो ।

स्पोटिफाई नोउक्याम्पमा आइतबार राति भएको खेलको १५ औँ मिनेटमा कप्तान सर्जियो बुस्क्वेट्सको पासमा गोल गर्न सफल भएका थिए ।

५५औँ मिनेटमा फेरान टोरेस पेनाल्टीमा चुक्दा बार्सिलोना अग्रता दोब्बर पार्नबाट चुक्यो ।

५९औँ मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिन पुग्यो । ह्युगो डुरोमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले रोनाल्ड एराउजोलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाको २४ खेलबाट ६२ अंक पुगेको छ ।  पराजित भ्यालेन्सिया २३ अंक जोडेर १९औँ स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर