आईसीसी विश्वकप लिग-२ : युएईसँग नेपालले अन्तिम खेल खेल्दै – Nepal Press

आईसीसी विश्वकप लिग-२ : युएईसँग नेपालले अन्तिम खेल खेल्दै

काठमाडौं । जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज युएईको सामना गर्दै छ

दुबई इन्टरनेशनल स्टेडियममा नेपालले घरेलु टोली युएईसँग हुने खेल नेपाली समयअनुसार बिहान ११:४५ बजेबाट सुरु हुनेछ ।

नेपाल र युएईले एक अर्का विरुद्ध खेल्दा दुवैको लिग–२ मा समान ३२ औँ खेल हुनेछ । आजको खेलमा युएईविरुद्ध जित हात पारे नेपाल लिग–२ को पाँचौँ स्थानमा उक्लिने छ ।

सिरिजको तेस्रो खेलमा आइतबार युएईले पपुवा न्यूगिनीसँग पराजित भएपछि युएई ३१ खेलबाट ३१ अंकमै सीमित हुनु परेको थियो ।

अंक तालिका अनुसार युएई पाँचौँ तथा नेपाल चौथो स्थानमा रहेका छन् । आजको खेलमा जित हात पारे नेपालको ३२ अंक हुनेछ र नेपाल पाँचौँ स्थानमा उक्लिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर