खड्ग फागो समूहबाट हातपात गरिएका युवाले कानूनी उपचार खोज्दै – Nepal Press

खड्ग फागो समूहबाट हातपात गरिएका युवाले कानूनी उपचार खोज्दै

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागोको समूहबाट पिटिएका कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूका स्वकीय सचिव साजनजंग कुवरले आफूहरुमाथि अन्याय भएको जनाएका छन् । उनले फागो समूहविरुद्ध कानूनी उपचार खोज्ने बताए ।

क्याम्पसका अर्का विद्यार्थी तथा घटनाका अर्का पीडित पोषणजंग आचार्यले क्याम्पस हाताभित्रै आफुहरुलाई निर्घात कुटपिट गर्ने फागोविरुद्ध कानूनी कारबाहीको माग गर्दै सम्बन्धित निकायमा समेत उजुरी दिने बताएका छन् ।

आइतबार बिहान मोरङको उर्लाबारीस्थित उर्लाबारी बहुमुखी क्याम्पस परिसरमै दलबलसहित पुगेका फागोले विद्यार्थीहरुमाथि सांघातिक आक्रमण गरेका थिए ।

फागो समुहको आक्रमणका कारण केहीबेर क्याम्पस परिसर तनाबग्रस्त बनेको थियो । नेविसंघको क्याम्पस इकाई समिति गठनको तयारीको क्रममा एक्कासी फागोलगायतले कुटपिट गरेको कुवरले बताए । स्नातक चौथो वर्षका विद्यार्थी कुँवर कांग्रेस मोरङका सभापति एवं सांसद डिगबहादुर लिम्बूका स्वकीय सचिव हुन् । कुवँरसहित विद्यार्थीहरु पोषणजंग आचार्य र संजोग भण्डारीमाथि कुटपिट भएपछि क्याम्पसले सोमबारको पठनपाठन स्थगन गरेको छ । क्याम्पस प्रशासनले क्याम्पस बिदा भएको सुचना निकालेपनि कारण उल्लेख गरेको छैन ।

क्याम्पस इकाइ गठन कार्यक्रमका लागि नेविसंघ मोरङका उपसभापति कृष्ण श्रेष्ठलाई प्रतिनिधि तोकिएको थियो । श्रेष्ठसहित जिल्लाका अन्य पदाधिकारी भेला भइ कार्यक्रम तयारी गरिरहँदा फागोलगायतको समूहले कार्यक्रम रोक्न खोजेपछि विद्यार्थीहरु कुटिएको बताइन्छ ।

फागोसहित उनका ज्वाइँ नाता पर्ने प्रेम लिम्बू, भतिजा कमानसिंह फागो तथा दुर्गा फागोलगायतले गुण्डागर्दी शैलीमा कुटपिट गरेको पीडितहरुले जनाएका छन् । फागोे पक्षले भने सामान्य विवाद भएको दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर