गठबन्धनको बैठकमा बाबुराम पनि सहभागी, अरु को-को आए ? – Nepal Press

गठबन्धनको बैठकमा बाबुराम पनि सहभागी, अरु को-को आए ?

काठमाडौं । आठदलीय गठबन्धनको बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि सहभागी भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा जारी बैठकमा अध्यक्ष भट्टराई पनि सहभागी भएका हुन् ।

आजको बैठकमा बैठकमा राष्ट्रपति निर्वाचन, मन्त्रिमण्डल विस्तारलगायत समसामयिक बिषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक, माओवादीबाट जनार्दन शर्मा, शक्ति बस्नेत सहभागी छन् ।

यस्तै, नेकपा एसबाट राजेन्द्र पाण्डे, प्रमेश हमाल, वेदुराम भुसाल, लोसपाबाट महन्थ ठाकुर र शरदसिंह भण्डारी, राजमोबाट चित्रबहादुर केसीलगायत नेताहरू बैठकमा सहभागी छन्।

प्रतिक्रिया

2 thoughts on “गठबन्धनको बैठकमा बाबुराम पनि सहभागी, अरु को-को आए ?

    1. नेपाल हेर्ने भारतका बरिष्ठ बुद्धिजिवी एस डि मुन्नीको भविष्य आकाङ्क्षा टुट्ने हो त ? जयहोस् …. ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर