ए डिभिजन लिगमा सातदोबाटोको विजयी सुरुवात – Nepal Press

ए डिभिजन लिगमा सातदोबाटोको विजयी सुरुवात

काठमाडौं । सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । च्यासल रंगशालामा आइतबार सम्पन्न खेलमा न्यूरोड टिम(एनआरटी) लाई २-१ गोलको नतिजामा पराजित गर्दै सातदोबाटोले तीन अंक जोडेको हो ।

सातदोबाटोको जितमा दिपक राज ठकुरीले २ गोल गरे भने, एनआरटीका निकोलस सर्ज सङले एक गोल फर्काए ।
पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै दिपकले सातदोबाटोलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जिुरी समयमै निकोलसले बराबरी गोल फर्काए ।

आक्रामक पहिलो हाफ पछि सातदोबाटोले दोस्रो हाफमा पनि खेलमा पकड बनाएको थियो । दिपकले ८४औं मिनेटमा व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दै सातदोबाटोको जित सुनिश्चित गरेका थिए । जितसँगै तीन अंक जोडेको सातदोबाटो चौथौ स्थानमा छ ।

आज हुने अन्तिम खेलमा बेलुका साँढे पाँच बजे डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर