ए डिभिजन लिग : संकटा र आर्मीले अंक बाँडे – Nepal Press

ए डिभिजन लिग : संकटा र आर्मीले अंक बाँडे

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा दुवै टीमले केही अवसर सृजना गरेपनि स्कोरमा कन्भर्ट गर्न नसक्दा अंक बाँडेका हुन् ।

खेलको ११औं मिनेटमा संकटाले अग्रता लिने अवसर खेर फालेको थियो । जुनियर केङ्गेले १८ यार्ड बक्सभन्दा ठिक बाहिरबाट गरेको प्रहार फ्रेममा परेन ।

दिनेश हेन्जनले १९औं मिनेटमा प्रहार गरेको कर्नरमा विभागिय टिम अग्रता लिन चुकेको थियो । दिनेको प्रहार सन्तोष केसीले नियन्त्रणमा लिएर दिपक गुरुङलाई मिलाइदिन कोसिस गरेका थिए ।

जुनियरलेनै ३३औं मिनेटमा बक्सभित्रबाट गरेको प्रहार क्रसबाट भन्दा ठिक माथिबाट बाहिरिदा पुनः संकटा अग्रता लिन बाट चुक्यो ।

पहिलो हाफ बराबरीसमा सकिएको खेलको दोस्रो हाफमा पनि दुबै टिम गोल गर्ने अवसर बनाउन चुके । संकटाका ५७औं मिनेटमा मनिष डाँगीलले बक्स भित्रबाट गरेको प्रहार बाहिरिएको थियो ।

बराबरीसँगै आर्मी र संकटाले एक–एक अंक बाँडेका छन् । शुक्रबारदेखी सुरु भएको प्रतियोगितामा विभागिय क्लब एपीएफ शीर्ष स्थानमा छ । डेब्यू खेलमै जित निकालेका चर्च ब्वाइज युनाइटेड र खुमलटार युथ क्लब क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर