चलचित्र ‘दिलमाया २’को टिजर सार्वजनिक – Nepal Press

चलचित्र ‘दिलमाया २’को टिजर सार्वजनिक

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण भएको चलचित्र ‘दिलमाया २’को टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक भएको टिजरमा नायक तथा निर्माता किरण नेपाली र सेन्जल पौडेललाई मुख्य भुमिकामा प्रस्तुत गरिएको छ ।

राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा किरण र सेन्जलबाहेक सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवि श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारको अभिनय रहेको छ । ‘दिलमाया २’ को लेखक तथा निर्देशक स्वयंम राजु गिरीको नै हुन् ।

बिष्णु निराकर र सुस्मिता खत्रीले खिचेको चलचित्रमा खुम बहादुर सुनार र संगीता खत्रीको सम्पादन रहेको छ । सिनेमालाई शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरीले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा भिष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, देव महर्जनको द्धन्द्व निर्देशन र प्रोडक्सन म्यानेजरमा रेश्मा केसी रहेकी छन् ।

‘दिलमाया २’ चलचित्र ‘दिलमाया’को सिक्वेल हो। चलचित्र आगामी असार २९ गतेबाट देशभरका सिनेमा घरबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *