विश्वकप लिग- २: पीएनजीसँग यूएईको फराकिलो हार – Nepal Press

विश्वकप लिग- २: पीएनजीसँग यूएईको फराकिलो हार

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत जारी त्रिदेशीय एकदिवसीय श्रृंखलामा घरेलु टीम यूएई पपुवा न्यूगिनी (पीएनजी) सँग ५ विकेटले पराजित भएको छ ।

पीएनजीको कसिलो बलिङसामु ९७ रनमा अलआउट भएको यूएईले २६.२ ओभरमा ९७ रनको लक्ष्य बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको पीएनजीले २६.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

पीएनजीका ओपनर टोनी उराले सर्वाधिक ३५ रनको अविजित इनिङ खेले । उनले ६३ बल खेल्दै तीन चौका प्रहार गरे । सेसे बाउले ३३ बलमा एक चौकाको मद्दतमा १८ रनको योगदान गरे । हिरीहिरीले १४ रन जोड्दा चाड सोपर ८ रनमा अविजित रहे ।

यूएईको बलिङमा रोहन मुस्तफाले ५ ओभरमा १ मेडन राख्दै १६ रन खर्चिएर सर्वाधिक २ विकेट लिए । जानिक सिद्धिक, आर्यन अफ्जल खान र जाहुर खानले समान एकएक विकेट लिए ।

पहिला ब्याटिङ गरेको यूएईका ७ ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट भएका थिए । ओपनर मुहमद वासिम १९ रन र आसिफ खान ११ रनमा पभेलियन फर्कंदा भृत्य अर्विन्दले सर्वाधिक २६ रन बनाए । कप्तान चुनदाङ्गापोयल रिजवानले १० रनको योगदान गरे ।

पीएनजीका रिले हिकुरेले ४.२ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए । चाड सोपरले ७ ओभरमा १ मेडन रख्दै २७ रन खर्चिएर तीन विकेट लिए । चार्ल्स अमिनीले एक विकेट लिए ।

श्रृंखलाको अन्तिम खेलमा सोमबार नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर