सिद्धार्थ उद्योग वाणिज्य संघमा श्रेष्ठ विजयी – Nepal Press

सिद्धार्थ उद्योग वाणिज्य संघमा श्रेष्ठ विजयी

रुपन्देही । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघको अधिवेशनबाट कांग्रेस निकट ठाकुरकुमार श्रेष्ठ विजयी भएका छन् । २ हजार १ सय ९३ जना मतदातामध्ये १ हजार ८ सय २८ मत खसेकोमा श्रेष्ठले ११०७ मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपाए एमाले निकट बिजय पाण्डेले ६८७ मत प्राप्त गरेको छन् ।

प्रमुख निर्वाचन अधिकृत शिव गौडेलका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद आचार्य १२५५ मत ल्याई विजयी भएका छन् उनको प्रतिद्वन्दी अरुण कुमार गोयनकाले ५४७ मत प्राप्त गरेका छन । यस्तै उपाध्यक्ष वाणिज्यमा गोविन्द ज्ञवाली ११२३ मत पाई विजयी भएका छन् भने सोही पदका अर्का उम्मेदवार रवि कुमार श्रेष्ठले ६४३ मत पाए ।

उद्योग उपाध्यक्षमा दिलिप कुमार कान्दु ८९४ मत ल्याई निर्वाचित भएका छन् उनका प्रतिद्वन्दी हरिबहादुर थापाले ८७३ मत प्राप्त गरे । महासचिवमा कृष्ण प्रसाद घिमिरे ९६१ मत ल्याइ विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी गोपाल भण्डारीले ८०४ मत प्राप्त गरे ।

कोषाध्यक्षमा कमल प्रसाद मरासिनी ८७७ मत ल्याइ विजयी भएका छन् उनका निकटतम प्रतिद्वन्द्वी गौरब श्रेष्ठले ५१८ मत र सोही पदका अर्का उम्मेदवार गंगासागर अग्रहरीले ३६२ मत ल्याए । सचिवमा पाण्डे प्यानलका मंगल भण्डारी ९९२ मत ल्याइ विजयी भएका छन् उनका प्रतिद्वन्द्वी धर्मवीर शर्माले ७७९ मत पाए ।

बस्तुगत सदस्यमा ५ मत ल्याइ प्रीतम रौनियार ५ मत पाई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी चन्द्रप्रकाश श्रेष्ठले ४ मत पाए ।
उद्योगतर्फ खुल्ला सदस्यहरुमा ओम जैसी १२४१, रमेश घिमिरे ११७७, रचना क्षेत्री ११५६, कमल ज्ञवाली ११२७ र विष्णुमाया शर्मा पौडेल ८६१ मत ल्याइ विजयी भएका छन् ।

वाणिज्यतर्फ खुल्ला सदस्यमा अर्जुन कार्की १२१०, प्रमोद रिजाल १३०१ , विशाल जैसवाल १२८३, कृष्ण प्रसाद अधिकारी १२७६, विरेन्द्र ज्ञवाली १०७५, दिनेशमान अमात्य १२४६, अभिनव मयुर कसौधन १२७१, धर्मराज आचार्य १३७८, मिना पन्थी १४२८, र विजय अधिकारी १३०७ मत ल्याइ विजयी भएको प्रमुख निर्वाचन आयुक्त गौडेलले जानकारी दिएका छन् ।

यसअघि कर्पोरेट उपाध्यक्षमा रोहित कुमार अग्रवाल, सहकोषाध्यक्षमा संजय कुमार बेरीवाल, कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल र विकास कुमार गोयनका तथा वाणिज्यतर्फ महिला सदस्यमा यमकला न्यौपाने र महिला उद्योग सदस्यमा पल्लवी न्यौपाने निर्विरोध निर्वाचित भएको थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *