स्ववियु चुनावमा एमालेनिकट अनेरास्ववियुविरुद्ध मोर्चाबन्दी गर्ने आठ दलका संगठनबीच सहमति
काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा ८ दलीय गठबन्धन दलका विद्यार्थी संगठनबीच तालमेल हुने भएको छ । एमालेनिकट अनेरास्ववियुविरुद्ध गठबन्धनका विद्यार्थी संगठनले मोर्चाबन्दी गर्ने सहमति गरेका हुन् ।
अहिले गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत, नागरिक उन्मुक्ति, लोसपा र राष्ट्रिय जनमोर्चा छन् ।
यी दलका विद्यार्थी संगठनबीच स्ववियु निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भइसकेको नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए ।
उनले भने, ‘हामीले केन्द्रमा रहेका आठदलीय गठबन्धननिकट संगठनबीच सहकार्य गरेर जाने सहमति गरेको छौं । तर, तल्लो तहका क्याम्पसहरूमा आवश्यता हेरेर चुनावी मोर्चाबन्दी गर्ने भनेका छौं ।’
भनेपछि जिल्ला तहका क्याम्पसहरूमा एमालेनिकट विद्यार्थी अनेरास्ववियुसँग पनि सहकार्य हुनसक्छ ? भन्ने प्रश्नमा उनले भने, ‘हामीले गठबन्धन दलसँगको तालमेललाई प्राथमिकता दिएका छौं । तर, आवश्यकता हेरेर अनेरास्ववियुसँग पनि हुनसक्छ ।’
यस्तै, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव दीपेश पुन चुनावी तालमेलको विषयमा गठबन्धनका संगठनबीच बीच छलफल भइरहेको बताउँछन् ।
उनी भन्छन्, ‘हाम्रो संगठनले यसअघि नै एक्लै लड्ने औपचारिक निर्णय गरेको हो । अहिले गठबन्धन दलका संगठनबीच विभिन्न कोणबाट छलफल गरिरहेका छौं । तर, ठोस सहमति भएको मेरो जानकारीमा छैन ।’
यी भतुवाहरु एकल चुनाब लड्न नसक्ने भए चुनाब किन माग गरेको