बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? – Nepal Press

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य  ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको तीन सय रूपैयाँले बढेर १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुनको प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजावी सुनको मूल्य १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार तेजावी सुन तोलाको १ लाख २ हजार रुपैयाँ तोकिएको थियो ।

आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। संघका अनुसार १ हजार २ सय ७५ रुपैयाँ कारोबार भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *