कुशल भुर्तेललाई चोट, सन्दीप जोराले प्रतिस्थापन गर्ने – Nepal Press

कुशल भुर्तेललाई चोट, सन्दीप जोराले प्रतिस्थापन गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिेकट टोलीका सदस्य कुशल भुर्तेल घाइते भएका छन् ।

विश्वकप लिग—२ क्रिकेटअन्तर्गत यूएईमा जारी त्रिदेशीय शृंखला खेल्न पुगेका उनले सोमबारको खेल गुमाउने छन् ।

क्यानका अनुसार कुशल ग्रोईन ईन्जोरीका कारण टीममा नरहने भएपछि सन्दीप जोरालाई उनको ठाउँमा खेलाइने भएको छ ।

क्यानले कुशल घाइते भएको जानकारी दिँदै भनेको छ, ‘हामी कुशल भुर्तेललाई मैदानमा मिस गर्नेछौँ । तर हामीलाई थाहा छ ऊ पहिलेभन्दा बलियो भएर फर्किने छ ।’

जोरालाई कुशलको ठाउँमा टीममा राख्दै क्यानले उनले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेर टोलीलाई जित दिलाउने विश्वासपनि व्यक्तगरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर