कांग्रेसको नेतृत्वमा भइरहेका काम जनताका माझमा पुर्‍याउनुपर्छ : उपसभापति खड्का – Nepal Press

कांग्रेसको नेतृत्वमा भइरहेका काम जनताका माझमा पुर्‍याउनुपर्छ : उपसभापति खड्का

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भेरी किनारमा नयाँ शहर निर्माणको काम सुरु गरिएको बताउँदै छिन्चुदेखि उत्तर जोड्ने सडकलाई फोरलेनको बनाउनका लागि ठेक्का आव्हान गरिएको बताएका छन् ।

उनले मदन भण्डारी राजमार्ग कालोपत्रेको काम भइरहेको, भेरीको टापु खटाङमा तीन मुखे झोलुङ्गे पुलको निर्माणका लागि माटो परीक्षणको काम भइरहेको बताउँदै कांग्रेस नेतृत्वमा भएका र हुँदै गरेका कामहरू आम जनतामाझ पुर्‍याउनुपर्ने बताए ।

संघीय सांसदसमेत रहेका खड्काले आगामी आर्थिक वर्षको बजेट कर्णालीलाई केन्द्रमा राखेर आउने बताएका छन् । उनले ठूलो भूगोल र कम जनसंख्या भएको कर्णाली र सुदूरपश्चिममा संघीय बजेट न्यून आउने गरेको यसअघिको परम्परालाई तोड्दै आगामी आर्थिक वर्षको बजेट कर्णाली र सुदूरपश्चिमलाई केन्द्रमा राखेर ल्याइने बताए ।

‘अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालसहितका शीर्ष नेताहरू कर्णालीका जिल्लाहरूमा भएका चुनावी अभियानका क्रममा मैले नै कर्णालीलाई बजेटमा प्राथमिकता दिने प्रस्ताव राखेको थिएँ, त्यसमा अहिलेका प्रधानमन्त्री प्रचण्डले समर्थन जनाउनु भएको थियो,’ सुर्खेतको गुर्भाकोटमा नेपाली कांग्रेसको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उपसभापति खड्काले भने, ‘चुनावका बेला गरेको बाचा आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन हुन्छ ।’

‘विकास निर्माणका कामहरू गरेर मात्रै हुँदो रहेनछ, ती कामहरूका बारेमा जनतालाई जानकारी गराउन जरुरी छ,’ उनले भने, ‘टोल तहसम्म हुने छलफलमा कांग्रेस नेतृत्वमा भएका कामहरूलाई पुर्‍याउन निर्देशन दिन्छु ।’

प्रतिक्रिया

One thought on “कांग्रेसको नेतृत्वमा भइरहेका काम जनताका माझमा पुर्‍याउनुपर्छ : उपसभापति खड्का

  1. काँग्रेसले अहिलेसम्म गरेको काम भनेको देश लुटने, स्वाभिमान बेच्ने, विदेशीको दलाली गर्ने मात्र हो । यति कुरा जनतालाई राम्रैसँग थाहा छ । किन लैजानुपर्यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर