‘सहयात्रीलाई धोका दिएर राष्ट्रपति पद ओगट्न चाहिनँ, कम्युनिस्ट एकताका लागि ८ दलीय गठबन्धन’ – Nepal Press

‘सहयात्रीलाई धोका दिएर राष्ट्रपति पद ओगट्न चाहिनँ, कम्युनिस्ट एकताका लागि ८ दलीय गठबन्धन’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशभरका कम्युनिस्ट पार्टीहरूलाई मिलाउन आफूहरूले ८ दलीय गठबन्धनलाई बलियो बनाउने नीति लिएको बताएका छन् ।

नेकपा एसनिकट दलित मुक्ति संगठनको बैठकलाई शनिवार सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेबाट राष्ट्रपतिको अफर आए पनि राजनीतिक स्थायित्व र मित्र शक्तिहरूलाई धोका नदिनका लागि सो प्रस्ताव अस्वीकार गरेको बताए ।

नेपालले भने- हामी देशभरका कम्युनिस्टलाई मिलाउन यो सरकारलाई दृढतापूर्वक समर्थन गर्छौ । तर हामी कुनै पार्टीमा गएर समाहित हुँदैनौ । हाम्रो बेग्लै भूमिका छ । यो सरकारलाई समर्थन रहेको सन्दर्भमा ८ दलीय गठबन्धनलाई हामी बलियो बनाउँछौँ र कम्युनिस्टहरूलाई एकजुट पनि पार्छौँ ।

नेपालले आफूले नेकपा एमाले,माओवादी र नेकपा एसलाई एकताबद्ध बनाउन विगतको नेकपा ब्युँताउने प्रस्ताव राखेको समेत बताए ।

अध्यक्ष नेपालले सहयात्रीलाई धोका दिएर पद ओगट्ने भन्दा पनि राजनीतिक इमानदारी देखाएको बताए ।

नेपालले कांग्रेसमा राजनीतिक इमानदारी रहेको र विगतमा पनि महत्त्वपूर्ण बेला कांग्रेसले साथ दिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर