अभियन्ता सर्राफ जनमत पार्टीमा प्रवेश – Nepal Press

अभियन्ता सर्राफ जनमत पार्टीमा प्रवेश

जनकपुरधाम । सामाजिक अभियन्ता ओम प्रकाश सर्राफ जनमत पार्टीमा प्रवेश गरेका छन् । सर्राफलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरेका हुन् ।

पर्साका सर्राफ मधेश आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । उनी लामो समय जनता समाजवादी पार्टीमा बिताए । तर प्रदेशसभा सदस्यको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर