६ जना ब्याट्सम्यान दोहोरो अंकको रन नजोडी आउट हुँदा आसिफले पूरा गरे अर्धशतक – Nepal Press

६ जना ब्याट्सम्यान दोहोरो अंकको रन नजोडी आउट हुँदा आसिफले पूरा गरे अर्धशतक

काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत यूएईमा जारी त्रिदेशीय श्रृंखलाअन्तर्गत अहिले भइरहेको खेलमा नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले अर्धशतक बनाएका छन् । नेपालका ६ जना ब्याट्सम्यान दोहोरो अंकमा रन नजोड्दै आउट हुँदा आसिफ सम्हालिरहेका छन् ।

१८० रनको लक्ष्य पछ्याएको नेपालले ३८ ओभरमा ७ विकेट गुमाएर १२५ रन जोडेको छ । आसिफ ५७ रनमा खेल्दैछन् । ८ रनमा खेलिरहेका सन्दीप लामिछानेले उनलाई साथ दिइरहेका छन् ।

नेपालका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले खाता खोल्न सकेनन् । ज्ञानेन्द्र मल्ल ६ र भीम सार्कीले ८ रन बनाए भने आरिफ शेख र रोहित पौडेल एक-एक रनमा आउट भए ।

दीपेन्द्रसिंह ऐरीले ८ रन जोड्न सके । कुशल मल्लले २३ रन बनाए । पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको नेपालका लागि आसिफले भीम सार्कीसँग तेस्रो विकेटका लागि ३२, छैटौं विकेटका लागि दीपेन्द्रसँग २१ र सातौं विकेटका लागि कुशल मल्लसँग ३१ रनको साझेदारी गरेका छन् । आसिफ र सन्दीपबीच आठौं विकेटका लागि २० रनको साझेदारी भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर