आईसीसी लिग २: पीएनजीले नेपाललाई दियो १८० रनको लक्ष्य – Nepal Press

आईसीसी लिग २: पीएनजीले नेपाललाई दियो १८० रनको लक्ष्य

काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा पपुवा न्यूगिनी (पीएनजी) ले नेपाललाई १८० रनको लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको पीएनजी चार बल बाँकी रहँदा अलआउट हुँदै १७९ रनको योगफल तयार पारेको छ ।

पीएनजीका ओपनर टोनी उराले सर्वाधिक ३९ रन योगदान गरे । उनले सन्दीप लामिछानेको बलमा एलबीडब्लू आउट हुनुअघि ५१ बल खेल्दै २ चौका र एक छक्का प्रहार गरे ।

अर्का ओपनर किप्लिन डोरिगा ४३ बलमा ३ चौका प्रहार गर्दै २६ रनमा पभेलियन फर्कंदा सेसे बाउ र कप्तान आसाद भालाले समान ११ रन योगदान गरे ।

हिरी हिरीले ३१ रन बनाउँदा गउडी टोकाले १५ रन बनाएर बोल्ड आउट भए । नोर्मान भानुवाले १४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको बलिङमा सोमपाल कामीले १० ओभरमा ३९ रन खर्चिएर २ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले १० ओभरमा एक मेडन राख्दै ३० रन खर्चिएर दुई विकेट लिए ।

सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले समान एकएक विकेट लिए ।

जारी श्रृंखलाको पहिलो खेलमा ४ विकेटले पीएनजीलाई पराजित गर्दै विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा घरेलु टीम यूएईविरुद्ध ब्याटिङमा संघर्ष गर्नुपरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर