गौरव पहारी र नम्रता सापकोटा अभिनित चलचित्र ‘नम्बरी सुन’को इन्डक्ल्याप – Nepal Press

गौरव पहारी र नम्रता सापकोटा अभिनित चलचित्र ‘नम्बरी सुन’को इन्डक्ल्याप

काठमाडौं । अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाको मुख्य भूमिका रहेको सिनेमा ‘नम्बरी सुन’को इन्डक्ल्याप भएको छ । क्यामेरा ‘अन’ भएको ३१ दिनमा बिहीबार अन्तिम दृश्य खिच्दै सिनेमाको सम्पूर्ण छायांकन सकिएको हो।

लमजुङमा अवस्थित भुजुङ्ग गाउँमा अधिकांश छायांकन भएको सिनेमाको केही प्रतिशत छायांकन काठमाडौँमा पनि गरिएको छ ।

‘नम्बरी सुन’को प्रस्तुतकर्ता नारायण खाती हुन् । खातीकै कथा तथा प्रस्तुति रहेको चलचित्रमा गौरव र नम्रताका अलवा सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, मन महर्जनलगायतको अभिनय देख्न सकिनेछ ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ । सिनेमालाई सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर निर्माण गरेका हुन् ।

अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशनको, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन रहेको सिनेमामा गौतम राज खड्काको सम्पादन रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *