नेपालको ब्याटिङ धराशयी हुँदा कुशल मल्लको ‘काउन्टर अट्याक’, यूएईमाथि आक्रामक अर्धसतक – Nepal Press

नेपालको ब्याटिङ धराशयी हुँदा कुशल मल्लको ‘काउन्टर अट्याक’, यूएईमाथि आक्रामक अर्धसतक

काठमाडौं । विश्वकप लिग २ अन्तरगत यूएईविरुद्धको म्याचमा कुशल मल्लले आक्रामक अर्धसतक बनाएका छन् । अर्को इन्डबाट एकपछि अर्को विकेट पतन भइरहँदा उनी यूएईमा बलरहरुमाथि हावी हुँदै अर्धसतक पुरा गरेका हुन् ।

नेपालले १५ रनमा दोस्रो विकेट गुमाएपछि कुशल चौंथो नम्बरमा क्रिजमा आएका थिए । सुरुदेखि नै खुलेर खेलेका उनले ४२ बलमा आफ्नो अर्धसतक पूरा गरे, जसमा १ छक्का र ७ चौका सामेल छन् । अर्को इन्डबाट लगातार विकेट खसिरहँदा नेपालको जित धेरै हदसम्म कुशलमाथि निर्भर देखिएको छ ।

नेपालले १२ रनको अवस्थामा कुशल भुर्तेललाई गुमाएको थियो । अर्का ओपनर आसिफ शेख केही राम्रा सट खेलेर १७ रनमा आउट भए । उनले १६ बल खेल्दै तीन चौका प्रहार गरेका थिए । नेपालका तीन ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल र आरिफ शेख शून्यमा आउट हुँदा नेपाल संकटमा देखिएको छ ।

अहिले कुशललाई क्रिजमा दिपेन्द्र सिंह ऐरीले साथ दिइरहेका छन् । यूएईले पहिलो ब्याटिङ गर्दै नेपाललाई १०८ रनको लक्ष्य दिएको थियो । सामान्य लक्ष्य भए पनि स्लो विकेट हुँदा ब्याट्सम्यानहरु रनका लागि संघर्ष गरिरहेका छन् ।

यसअघि घरलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिजमा कुशल राम्रो लयमा देखिएका थिए । त्यसैलाई निरन्तरता दिँदै आज उनले म्याचमा नेपालको आशा जिवित राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर