गठबन्धनका सांसदमाझ प्रचण्डको ब्रिफिङ- विश्वासको मत लिएकै दिन मलाई ओलीबाट चस्का पसेको थियो – Nepal Press

गठबन्धनका सांसदमाझ प्रचण्डको ब्रिफिङ- विश्वासको मत लिएकै दिन मलाई ओलीबाट चस्का पसेको थियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनलाई प्रश्रय दिएपछि आफू झस्किएको बताएका छन् ।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलका सांसदलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीलाई सहमतिमा आफूले राष्ट्रपति कांग्रेसलाई दिन प्रस्ताव गर्दा नमानेको बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डको भनाई उदृत गर्दै एक सांसदले भने, ‘मैले केपी ओलीजीलाई अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र देशको आर्थिक अवस्थालाई हेर्दा कांग्रेसलाई पनि सँगै लिएर जानुपर्छ । त्यसैले कांग्रेसलाई प्रस्ताव गरौं भन्दा मान्नुभएन ।’

उनले पुस २६ गते ओलीले प्रतिनिधिसभामा गरेको सम्बोधनले आफूलाई चुनावअघिकै गठबन्धन ब्यूँताउनुपर्छ भन्ने लागेको बताए ।

उनले भने, ‘हिजोको तिक्तता पनि थियो । जुन दिन मैले विश्वासको मत लिएकै दिन पनि उहाँले संसद विघटनका विषयलाई प्रश्रय दिएकाले मलाई चस्का पसेको थियो । त्यसैले पनि पुरानो गठबन्धन ब्यूँताउनुपर्छ भन्ने मलाई कहाँकहाँ लागेको थियो । उहाँ आफ्नो कारणले जानुभयो ।’

अहिले पुरानो गठबन्धन ब्यूँतिएपछि जनता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति पनि खुसी रहेको बताए । उनले राष्ट्रपतिमा रामचन्द्र पौडेल नै उपयुक्त उम्मेदवार भएको जिकिर गरे ।

प्रतिक्रिया

2 thoughts on “गठबन्धनका सांसदमाझ प्रचण्डको ब्रिफिङ- विश्वासको मत लिएकै दिन मलाई ओलीबाट चस्का पसेको थियो

  1. हाहा!
    नेपालमा प्रचण्ड मुक्त भए-६०% राजनीति को प्रॉब्लम ठीक हुने थियो 😋

  2. क्वात्राले राती बालुवाटारमा थर्काएपछि मनमा चस्का पसेको हो । पूरानो बदमासी खोलिदिउँकि काँग्रेसको पछि लाग्छस् भनेर हप्काएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर