भण्डारीमाथि राष्ट्रियसभा उपाध्यक्षकाे आराेप- एमालेकाे मात्रै राष्ट्रपति हुनुभयाे (भिडिओ) – Nepal Press

भण्डारीमाथि राष्ट्रियसभा उपाध्यक्षकाे आराेप- एमालेकाे मात्रै राष्ट्रपति हुनुभयाे (भिडिओ)

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाएकी छन् । बिहीबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले नेकपा एमालेले जुनसुकै विधेयक लगे पनि पास गर्ने तर अन्य पार्टीहरुले लगेको विधेयक पास नगर्ने गतिविधिहरुका कारण राष्ट्रपति एमालेको मात्रै भएको बताइन् । उनले नागरिकता विधेयक राष्ट्रपतिले संसदबाट दुई पटक पास गरेर लैजाँदासमेत फर्काउनु गलत भएको दाबी गरिन् ।

दुई पटक लैजाँदासमेत विधेयक पास नगर्नु पीडादायी रहेको अर्यालले उल्लेख गरिन् ।

उपाध्यक्ष अर्यालले भण्डारीले राष्ट्रपति जस्तो पदमा बसेर अरुको इसारामा नागरिकता विधेयक रोकेको दाबी गरिन् । उनले राष्ट्रपति भइसकेपछि सबै पार्टीलाई अभिभावकत्वको हिसाबले हेर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘ राष्ट्रपति भइसकेपछि राष्ट्रको अभिभावकको हैसियतले पार्टीको स्तरभन्दा माथि उठेर छलफल गर्नुपर्छ । नागरिकता विधयेक एक चोटी फर्काउनु ठीक छ । तर, दोस्रो पटक पठाएपछि पनि फर्काउनु भनेको संवैधानिक पदमा रहेको मान्छेले त्यस्तो गर्न मिल्छ र ? उहाँ सधैँ एमालेको मात्रै राष्ट्रपति भइराख्नुभयो । त्यहाँ जे सल्लाह हुन्छ त्यहीमात्रै गर्ने, एमालेले लगेको विधेयक ओके गर्ने कानून बनेर जाँदा रिजेक्ट गर्न मिल्छ र ? राष्ट्रपति भइसकेपछि सबै पार्टीलाई अभिभावकत्वको हिसाबले हेर्नुपर्छ । उहाँले कार्यकारी अधिकार नै प्रयोग गर्ने हिसाबले रिजेक्ट गर्न मिल्दैन ।’

उपाध्यक्ष अर्यालले संवैधानिक पदमा रहेका व्यक्तिहरुले पदको मर्यादा जोगाउन नसके अहिलेसम्मका आन्दोलनबाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा रहेको बताइन् ।

प्रतिक्रिया

2 thoughts on “भण्डारीमाथि राष्ट्रियसभा उपाध्यक्षकाे आराेप- एमालेकाे मात्रै राष्ट्रपति हुनुभयाे (भिडिओ)

  1. उर्मिला अर्यालको भनाइ उनको पद सुहाउँदो कत्ति पनि भएन। राष्ट्र प्रमुखले फर्काएपछि अल्प बिराम, पुर्ण बिराम आदि केही नहेरी जस्ताको तस्तै पुनः प्रमाणीकरणको लागि पठाउनु उचित थियो? उठाएका प्रश्नहरु बारे छलफल आवश्यक थिएन र? अनेमसङ्घमा हुँदाको मनमुटावलाई यहाँ प्रकट गर्ने हो? पत्रुकारहरुले प्रश्न गर्न पर्दैन ?

    1. पार्टी फेर्नबानी परेकी उर्मिलाको पार्टीमा कुनै योगदान थिएन । अनेमसंघमा रहदा काम नगर्ने तर पद मात्र चाहिने स्वभावले पछि परिन । अरू काम गर्ने अघि आए । अहिले त्यहि वेलाको तुष प‍ोख्न ठाउँ न कुठाउँ बोल्दै हिडदैछिन । पदीय मर्यादा नै छैन । हुन त प्रचण्ड जस्तो नेताको पार्टीमा गएपछि मर्यादा, लाज के बाँकी रह्यो र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर