निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा वलिभद्र राना निर्विरोध – Nepal Press

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा वलिभद्र राना निर्विरोध

घोराही । नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा निर्माण व्यवसायी वलिभद्र राना सर्वसम्मत निर्वाचित भएका छन् । राना लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासंघको सस्थापक अध्यक्ष हुन् ।

उनी दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । सुरुको कार्यकाल पनि राना निर्विरोध नै अध्यक्षमा चुनिएका थिए ।

एमालेबाट राना गएको दाङ क्षेत्र नम्वर २ क वाट प्रत्यक्ष तर्फ प्रदेश सांसदमा प्रतिष्पर्धा गरेका थिए ।

दुई दिनसम्म घोराहीमा चलेको अधिवेशन तथा साधारण सभाले अध्यक्षमा रानाले सर्वसम्मत गराएपनि अन्य पदमा पनि निर्विरोध चयन गर्ने तयारी भइरहेको अधिवेशनमा सहभागि निर्माण व्यवसायी विमलमान श्रेष्ठले जानकारी दिए । राना सामाजिक क्षेत्रमा पनि क्रियाशिल छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *