एमाले-नेकपा एसको बैठक सकारात्मक भएको दाबी, प्रमेश हमालले भने- सबैको मुहारमा मुस्कान छ – Nepal Press

एमाले-नेकपा एसको बैठक सकारात्मक भएको दाबी, प्रमेश हमालले भने- सबैको मुहारमा मुस्कान छ

काठमाडौं । नेकपा एमाले र नेकपा एसका नेताहरूबीचको भेटवार्ता सकारात्मक रूपमा अगाडि बढेको छ । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई भोट माग्न नेम्वाङसहित नेताहरू नेकपा एसका अध्यक्ष माधव नेपाललाई भेट्न आलोकनगरस्थित पार्टी कार्यालय पुगेका थिए ।

बैठकको बीचमा नेकपा नेकपा एसका नेता प्रमेश हमालले बैठक सकारात्मक रूपमा अगाडि बढेको बताए । उनले भने, ‘बैठक सकारात्मक रूपमा अगाडि बढेको छ । उहाँहरूको प्रवेशपछि पहिले र बैठकपछिको वातावरण फेरिएको छ । देख्न सक्नुहुन्छ सबैको मुहारमा मुस्कान छ ।’

राष्ट्रपति निर्वाचनअन्तर्गत यही फागुन २५ गते मतदान हुँदैछ । उक्त चुनावमा आठदलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट नेम्वाङ मैदानमा छन् ।

नेकपा एकीकृत समाजवादीले भने कांग्रेसबाट उम्मेदवार रहेका रामचन्द्र पौडेललाई समर्थन गरेको छ । नेकपा एसको बुधबारको सचिवालय बैठकले पौडेललाई भोट हाल्ने निर्णय गरेको छ ।

त्यही बीचमा उम्मेदवार नेम्वाङसहित एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, रघुविर महासेठ र विमला राई सहभागी छन् भने एसबाट अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झालगायत सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर