राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण दिँदै – Nepal Press

राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण दिँदै

काठमाडौं । राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा आठ दलीय गठबन्धनले सांसदहरूलाई प्रशिक्षण दिने भएको छ ।

नेपाली काङ्ग्रेसको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेललाई समर्थन गरेका सांसदहरूलाई आज प्रशिक्षण दिने दिने तयारी दलहरूले गरेका हुन् ।

८ वटै दलका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरू प्रशिक्षणमा सहभागी हुने छन् ।

काठमाडौंको तीनकुने स्थित रोयल व्याङ्क्वेटमा दिउँसो १ बजेदेखि अभिमुखीकरण कार्यक्रम सुरु हुने छ ।

पार्टीका शीर्ष नेताहरूले सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर