केपी ओली कप : तस्बिरमा यस्ताे देखियाे – Nepal Press

केपी ओली कप : तस्बिरमा यस्ताे देखियाे

काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ‘ए’ डिभिजन क्लव मछिन्द्र फुटबल क्लवले जितेको छ ।

दशरथ रंगशालामा वुधबार भएको फाइनलमा सातदोबाटो युथ क्लवलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले हराउँदै मछिन्द्रले उपाधि उचालेको हो । उपाधिसँगै मछिन्द्रले १० लाख नगद प्राप्त गर्दा सातदोबाटोले ५ लाख नगद प्राप्त गरेको छ ।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा मछिन्द्रका रञ्जित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा नुरेन करिमले गोल गरे ।

सातदोबाटोका निरज चौधरी, दिपेन राज सिंह र एक राज बुढाथोकीले गोल गरे । तर, सातदोबाटोका अब्दुल अबुबकारीको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए ।

त्यसअघि पाँचौं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । तर, खेलको १८ औं मिनेटमा जोर्डन ओवानाले गोल गर्दै सातदोबाटोलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर