कमल थापाको निष्कर्ष : गणतन्त्र भद्रगोल भयो, व्यवस्था परिवर्तन हुन सक्छ – Nepal Press

कमल थापाको निष्कर्ष : गणतन्त्र भद्रगोल भयो, व्यवस्था परिवर्तन हुन सक्छ

‘पूर्वराष्ट्रप्रमुख र पूर्वप्रधानमन्त्रीहरु नै राज्यदोहनमा लाग्नु दुर्भाग्यपूर्ण’

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठुला भनिने नेताहरुले गरिरहेको राष्ट्रदोहन र नीतिगत भ्रष्टाचारमा भएको संलग्नताबारे तीव्र रोष प्रकट गरेका छन् । पुर्वराष्ट्रप्रमुख र पुर्वप्रधानमन्त्रीहरु नै आर्थिक सहायताको नाममा नितिगत भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण भएको उनले बताए ।

आज काठमाडौंमा पार्टी आबद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राजाको मायाले नभई गणतन्त्र जस्तो भद्रगोल व्यवस्थाले गर्दा गणतन्त्रकै विकल्प खोजी गर्दै जनता सडकमा आउन वाध्य हुने तर्क गरे ।

मुलुकको अबस्था अत्यन्तै नाजुक भएको कारण देशको अवस्थाले गर्दा व्यवस्था परिवर्तन हुन सक्ने उनको भनाइ थियो ।

‘गणतन्त्रका संवाहक हौं भन्नेहरु नसच्चिए दुर्घटना अवश्यम्भावी छ,’ उनले भने, ‘गरिब जनता सिटामोल खान सक्ने अवस्थामा छैनन्, ठुला नेताहरु ब्रम्हलुटमा लिप्त छन्, यो दुर्घटनाको सङ्केत हो ।’

भ्रष्टाचार, बेरोजगारी, कुशासन, धर्मपरिबर्तनले आक्रान्त जनता नांगो ब्रम्हलुटबाट आजित भएको थापाले बताए ।

भ्रष्टाचार र संघीयताको भारले मुलुक कङ्गाल भएको भन्दै उनले देशको न्यायपालिका, कार्यपालिका र ब्यवस्थापिका प्रभाबहिन बन्दै जानू व्यवस्था नै असफल उन्मुख हुनु भएको टिप्पणी गरे । उनले नेता,कार्यकर्ताहरुलाई अब सडक संघर्षको लागि तयारीमा लाग्न निर्देशन दिए ।

कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौला लगायत जनबर्गिय संगठनका अध्यक्षहरुले बोलेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर