नेकपा एसको प्रष्टिकरण- राष्ट्रपतिमा रामचन्द्र पौडेललाई सहयोग गर्ने विषयमा पार्टीमा विमति छैन (भिडिओ) – Nepal Press

नेकपा एसको प्रष्टिकरण- राष्ट्रपतिमा रामचन्द्र पौडेललाई सहयोग गर्ने विषयमा पार्टीमा विमति छैन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सहयोग गर्ने निर्णयले पार्टीभित्र कुनै विवाद नरहेको प्रष्ट पारेको छ ।

आज बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले सबै नेताहरुको एकमतले रामचन्द्र पौडेललाई राष्ट्रपतिको निर्वाचनमा भोट हाल्ने निर्णय गरेको बताए ।

पौडेललाई राष्ट्रपतिको समर्थनको विषयमा सम्मानित नेता झलनाथ खनालले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए नि भन्ने प्रश्नमा उनले भने, ‘रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन गर्ने विषयमा पार्टीमा कुनै विमति छैन । त्यसबारेमा आज छलफल भएको छ । हामीले अहिले राष्ट्रपति लगायतको विषयमा गरेको निर्णय सही भएको हामीले निष्कर्ष निकालेका छौँ । तर, माइनोट निर्णय भने होइन ।’

उनले अहिले आवश्यकताअनुसार पार्टीले सही निर्णय गरेको बताए । यस्तै, एमालेबाट हालै प्रवेश गरेका घनश्याम भुसाललाई जिम्मेवारी दिने विषयमा पनि पार्टीमा छलफल भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर