राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय – Nepal Press

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय

काठमाडौं । नेकपा एकीकृत समसाजवादीले राष्ट्रपतिमा आठ दलको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले नेता पौडेललाई मतदान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

उनले सरकारमा जाने विषय सकारात्मक रहे पनि अहिले छलफल नभएको बताए ।

उनले भने, ‘सरकारमा कसको नेतृत्वमा जाने भन्ने विषयमा छलफल गर्ने बेला नै आइसकेको छैन । त्यसबारे हामीले छलफल गरेका छैनौँ ।’

प्रवक्ता खतिवडाले गृह मन्त्रालय आफूहरुले लिनेबारे अहिलेसम्म कुनै छलफल नै नभएको प्रष्ट्याए ।

प्रतिक्रिया

2 thoughts on “राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय

  1. समाजवादी पार्टीको निर्णय थियो राष्ट्रपतिमा आफ्नै पार्टीको उम्मेद्वार उठाउने । त्यो निर्णय कायमै रहेको अवस्थामा अर्को कुनै निर्णय नभई माधवले रामचन्द्रलाई राष्ट्रपति बनाउ समर्थन गरे । ओलिले एकलौटी गरे, पार्टीमा कमिटिको निर्णय नै हुन छाडेकाले पार्टी फुटाउन बाध्य भएको भनेर आरोप लगाउनेहरू माधवको निर्णयमा के भन्छन् ? कि त्यो ओलिलाई आरोप लगाउन मात्र भनिएको हो ? अर्को कुरा ओलिले राती सामन्त गोयललाई भेटे भनेर हल्ला गरियो तर प्रचण्डले क्वात्रलाई राति एक्लै भेटेको कुरै गर्दैनन् । भनेपछि यी १२ भाइ, काँग्रेस, माओवादी, एसले केवल एमालेको विरोध गर्न गोयलको विषय उठाएका हुन् । अझ एमालेले त्यो भेटको सम्बन्धमा भोलिपल्टै सार्वजनिक जानकारी गराएको थियो तर माओवादीले केही बोलेको छैन । त्यसैले कसैको दलाल भएर नबोल निष्पक्ष कुरा गर ।

  2. काङ्ग्रेसको पिछलग्गु बनेर एसको राजनीति कसरी अगाडि बढ्छ होला विषय गम्भीर छ। मा.कु.ने. राष्ट्रपति नभए जे.एन. लाई अगाडि सार्न सकिन्थ्यो । पार्टी एकता गर्ने सुवर्ण अवसर थियो। जगन्नाथ जस्ताले गर्दा एस खुम्चिदै जाने पक्का छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर