सन्दीपलाई राष्ट्रिय टीममा थप्न आईसीसीको अनुमति – Nepal Press

सन्दीपलाई राष्ट्रिय टीममा थप्न आईसीसीको अनुमति

काठमाडौं । यूएईमा जारी विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय शृंखलामा सन्दीप लामिछानेले खेल्ने पक्का भएको छ ।

घाइते रहेका श्याम ढकालको स्थानमा सन्दीपलाई राख्न नेपाल क्रिकेट संघ-क्यानले मागेको अनुमति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीले स्वीकृत गरेको हो । सन्दीप बुधबार नै यूएई जाने तयारीमा छन् ।

घाइते रहेका श्याम ढकालको स्थानमा सन्दीपलाई राख्न नेपाल क्रिकेट संघ-क्यानले मागेको अनुमति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-ईसिसीले स्विकृत गरेको हो । सन्दीप वुधबार नै यूएई जाने तयारीमा छन् ।

यसअघि उच्च अदालत पाटनले विदेश भ्रमणमा प्रतिबन्ध लगाएका कारण सन्दीप नेपालको यूएई भ्रमणका लागि घोषणा गरिएको टोलीमा थिएनन् ।

तर सोमबार सर्वोच्च अदालतले सशर्त प्रतिबन्ध फुकुवा गरेपछि सन्दीपले उक्त शृंखला खेल्ने पक्का भएको हो । शृंखलाअन्तर्गत नेपालले चारमध्ये पहिलो खेल भने खेलिसकेको छ । पहिलो खेलमा नेपाललाई पपुआ न्युगिनीलाई हराएको थियो । बिहीबार यूएईसँग खेल्दै छ ।

 

 

 

प्रतिक्रिया

One thought on “सन्दीपलाई राष्ट्रिय टीममा थप्न आईसीसीको अनुमति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर