भारतबाट बढेर आयाे ग्याँसको मूल्य, पेट्रोल र डिजेलकाे घट्याे – Nepal Press

भारतबाट बढेर आयाे ग्याँसको मूल्य, पेट्रोल र डिजेलकाे घट्याे

काठमाडौ । भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको छ । डिजेल प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँले मूल्य घटेर आएको छ। यस्तै मट्टितेलमा प्रतिलिटर ३.४० रुपैयाँ घटेर आएको छ । यसपटक खाना पकाउने ग्यासको मूल्य भने ३३९.०६ रुपैयाँले बढेर आएको छ ।

बुधबार इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोल र डिजेलको मूल्य घटेको र खाना पकाउने ग्यासको मूल्य बढेको पत्र पठाएको निगम स्रोतले जनाएको छ ।

यस्तै हवाइ इन्धनमा७.३ रुपैयाँ घटेर आएको छ । यो घटेको मूल्यलाई आधार मान्दा निगम अझै ४४ करोड रुपैयाँ नाफामा रहने निगम स्रोतले जनाएको छ । नेपालमा भने के गर्ने भन्नेविषयमा सञ्चालक समितिको बैठकले तय गर्ने निगमको भनाइ छ ।

इण्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा आयल निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ । यसअघि पनि मूल्य घटेर आएको थियो । तर नेपालमा भने घटाइएको थिएन । भारतबाट मूल्यसूची बढेर आउँदा नेपालमा मूल्यबृद्धि गरिहाल्ने निगमले मूल्य सूची घट्दा भने घटाउन तयार नहुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *