सेयर बजारमा निरन्तर गिरावट, २४ अंकले घट्दै १९ सयको लाइनमा नेप्से – Nepal Press

सेयर बजारमा निरन्तर गिरावट, २४ अंकले घट्दै १९ सयको लाइनमा नेप्से

काठमाडौं । सेयर बजारमा वुधबार पनि गिरावट आएको छ ।

साताको पहिलो दिनदेखि नै ओरालो लागेको नेप्से परिसूचक आज २४ अंकले घट्दै १९ सयको लाइनमा आएको छ ।

नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ बिन्दुमा अडिएको हो । अघिल्लो दिन मंगलबार ३.६१ अंकले घटेको बजार २०१९.९३ बिन्दुमा बन्द भएको थियो । आज ३७ लाख २९ हजार ९७६ कित्ता सेयरको खरिदबिक्री हुदा बजारमा १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४२४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मुुल्यमा सकारात्मक सकिर्ट लागेको छ । साथै आदर्थ लघुवित्त नै आजको कारोबारमा सर्वाधिक नाफा कमाउनेमा शिर्ष स्थानमा छ ।

सर्वाधिक गुमाउनेमा भने बोटलर्स नेपाल (तराइ) लिमिटेड रहेको छ । कारोबारमा आएका १३ वटै समूहको सेयर मूल्यमा गिरावट आएको छ ।

बजार १९ सयको विन्दुमा झर्दा बुधबार बजार पूँजीकरण २८ खर्ब ८८ अर्ब रुपैया रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *