प्रदेशकाे नाम कोसी प्रस्ताव गर्दै राम रानाले भने- याे नामले सबै भुगोल र जातिकाे अपनत्व हुन्छ – Nepal Press

प्रदेशकाे नाम कोसी प्रस्ताव गर्दै राम रानाले भने- याे नामले सबै भुगोल र जातिकाे अपनत्व हुन्छ

विराटनगर । प्रदेश १ का प्रदेशसभा सदस्य राम राना मगरले प्रदेश १ को नाम कोसी प्रदेश राखियोस् भनी प्रस्ताव गरेका छन् ।

उनले कोसी नाम्न्जन जिब्रोमा झुन्डिएको र यो नामले सबैको संस्कार संस्कृति र पहिचानको सम्बोधन गर्ने भएकाले प्रदेश १ को नाम कोसी राख्नुपर्ने बताए ।

उनले प्रदेश १ मा रहेको सर्वोच्च शिखर सगरमाथादेखि नेपालको सबैभन्दा होचो स्थान कचनकवल सम्मको भुगोलको कोसी प्रदेशले सम्बोधन हुने दाबी गरे ।

उनले कोसी नामले सबै जातजाति भाषा भाषीलाई समेत अपन्त्व हुने बताए । प्रदेशसभा सचिवालयमा एमालेका राम राना मगर प्रस्तावक र निरन राई र विदुर लिङ्गथेपको समर्थमना प्रदेशको नाम कोसी राख्ने प्रस्ताव दर्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर