प्रदेश १ : प्रदेशसभा बैठक सुरु, प्रदेशको नाम कोसी राखिने – Nepal Press

प्रदेश १ : प्रदेशसभा बैठक सुरु, प्रदेशको नाम कोसी राखिने

विराटनगर । प्रदेश १ को प्रदेससभा बैठक सुरु भएको छ । सर्वदलीय बैठकपछि कार्यव्यवस्था बैठक बसेर प्रदेश १ प्रदेससभा सुरु भएको हो ।

बैठकले प्रक्रियामा गएर प्रदेश १ को नामाकरणाको टुंगो लगाउने छ । प्रदेशसभा सचिवालयमा एमालेका राम राना मगर प्रस्तावक र निरन राई र विदुर लिङ्गथेपको समर्थनमा प्रदेशको नाम कोसी राख्ने प्रस्ताव दर्ता भएको छ ।

त्यस्तै, राजेन्द्र राई प्रस्तावक भइ कमल प्रसाद जबेगु र निर्मला लिम्बू समर्थक रहेको किराँत लिम्बुवान सगरमाथा नाम राख्ने प्रस्ताव दर्ता भएको छ ।

कोसी नाम राख्न एमालेसहित कांग्रेस माओवादी र राप्रपाका बीचमा सहमति भएको छ । सहमतिअनुसार प्रक्रियामा गएर नामको टुंगो लगाउने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर