कोसी नाममा कांग्रेस समर्थक होइन प्रस्तावक बन्ने, सर्वदलीय बैठक जारी – Nepal Press

कोसी नाममा कांग्रेस समर्थक होइन प्रस्तावक बन्ने, सर्वदलीय बैठक जारी

विराटनगर। नेपाली कांग्रेसले प्रदेश १ को नाम कोसी राख्न एमालेले दिएको प्रस्तावमा आफनो समर्थन फिर्ता लिएको छ ।

सहमति अनुसार माओवादीले समर्थनमा हस्ताक्षर गर्न नमानेपछि कांग्रेसले समर्थन फिर्ता लिएको हो । अब प्रदेशको नाम कोसी राख्न कांग्रेस आँफै प्रस्तावक बस्ने छ । सो प्रस्तावमा माओवादी समेत समर्थक हुनेगरी सर्वदलीय बैठक बसिरहेको छ ।

हिजो भएको बैठकमा माओवादी समेत समर्थक प्रस्तावक हुने सहमति भएको थियो । केहीबेर अघि एमालेका राम राना प्रस्ताबक र कांग्रेस सांसद भूमिप्रसाद राजवंशी समर्थक रहेको प्रस्ताव दर्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर