नेपालसँग भिड्नुअघि यूएईको फराकिलो हार, पीएनजीसँग १३१ रनले पराजित – Nepal Press

नेपालसँग भिड्नुअघि यूएईको फराकिलो हार, पीएनजीसँग १३१ रनले पराजित

काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत यूएईमा जारी त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा मंगलबार घरेलु टोलीले फराकिलो हार व्यहोरेको छ ।

अंक तालिकाको पुछारमा रहेको पपुआ न्युगिनी-पीएनजीले यूएईलाई १३१ रनले पराजित भयो । २६३ रनको लक्ष्य पाएको यूएई १३१ रनमा अलआउट भयो । यूएईलाई सस्तोमा समेट्न पीएनजीका चाड सोपर एक्लैले ५ विकेट लिए ।

उनले १० ओभरमा २५ रन मात्र खर्चिएका थिए । यूएईको २९ खेलबाट २९ अंक छ । पीएनजीले ३० खेलबाट ७ अंक जोडेको छ। नेपालको २९ खेलबाट २८ अंक छ। शृंखलाअन्तर्गत यूएईले दोस्रो खेलमा बिहीबार नेपालसँग खेल्ने छ । नेपालले पहिलो खेलमा पीएनजीलाई हराएको थियो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर