फागुन २२ भित्र नवीकरण नगरे बीमा अभिकर्ता लाइसेन्स खारेज हुने – Nepal Press

फागुन २२ भित्र नवीकरण नगरे बीमा अभिकर्ता लाइसेन्स खारेज हुने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले फागुन २२ भित्र बीमा अभिकर्ता इजाजतपत्र नवीकरण गर्न निर्देशन दिएको छ । अभिकर्ताले लाइसेन्स नवीकरण गर्न अटेर गरेपछि प्राधिकरणले अन्तिम समय दिएको छ ।

प्राधिकरणले पटक-पटक निर्देशन दिए पनि अभिकर्ताहरुले नवीकरण गर्न अटेर गर्दै आएका छन् । बीमा ऐन २०७९ को दफा ९१ (७) मा बीमा अभिकर्ताको इजाजतपत्र दिँदा समान किसिमको एउटामात्र बीमकको बीमा अभिकर्ताको इजाजतपत्र दिइने व्यवस्था छ ।

उक्त व्यवस्थालाई कार्यान्वयन गर्न प्राधिकरणले सम्पूर्ण अभिकर्तालाई आफू कार्यरत संस्थामा आवश्यक कागजात पेश गर्न निर्देशन दिए पनि हालसम्म अभिकर्ताले कागजात पेश नगरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले एलएलसी वा सोभन्दामाथिको लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो एक थान र स्थायी लेखा नम्बर कार्ड बुझाउन भनेको छ । अभिकर्तालाई फागुन २२ गतेसम्म आवश्यक कागजात पेश गर्न प्राधिकरणले भनेको छ । तोकिएको समयभित्र कागजात नबुझाए लाइसेन्स खारेज हुने प्राधिकरणले जनाएको छ ।

हाल देशभर ३ लाख बीमा अभिकर्ता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *