आगामी बजेटमा खेलकुद बजेट बढाउँछु: प्रधानमन्त्री प्रचण्ड (भिडिओ) – Nepal Press

आगामी बजेटमा खेलकुद बजेट बढाउँछु: प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमार्फत खेलकुद क्षेत्रमा बजेट बढाइने घोषणा गरेका छन् ।

मंगलबार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै उनले खेलकुदले राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास हुने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारको तर्फबाट सबै प्रदेश र पालिकाहरुमा पनि खेल पूर्वाधार निर्माण गर्न नीति, योजना र कार्यक्रम बनाएको बताए ।

‘आउने दिनमा खेल क्षेत्रलाई जति सबल बनाउन सक्यो, जति संस्थागत र विकसित गर्नसक्यो, त्यति नै हाम्रो समाजमा अनुशासन, मर्यादा र संस्कृति स्थापित हुन्छ’, उनले भने, ‘सिंगै राष्ट्र पनि सबल रुपमा अघि बढ्ने आधार निर्माण हुन्छ । आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मक रुपले बढी बजेट राख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

च्यासल रंगशाला उद्घाटनसँगै कलाकार र एन्फा पदाधिकारीबीच खेल पनि भएको छ । रंगशाला १० हजार दर्शक क्षमताको रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर