एमाले मन्त्रीहरुको राजीनामा स्वीकृत, प्रधानमन्त्रीको काँधमा १६ मन्त्रालयको जिम्मा – Nepal Press

एमाले मन्त्रीहरुको राजीनामा स्वीकृत, प्रधानमन्त्रीको काँधमा १६ मन्त्रालयको जिम्मा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को काँधमा १६ मन्त्रालयको जिम्मेवारी पुगेको छ । एमालेका मन्त्रीहरुले सोमबार राजीनामा दिएपछि थप ८ मन्त्रालय पनि प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७७ को उपधारा (२) बमोजिम ८ मन्त्रीको राजीनामा स्वीकार गरी प्रधानमनत्रीलाई जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पुस १० गते प्रधानमन्त्रीललाई समर्थन गरेको रास्वपा र राप्रपा पनि यसअघि सरकारबाट बाहिरिएको छ । एमाले नेतृत्वको ७ दलीय गठबन्धन भत्किएपछि अहिले ८ दलीय गठबन्धन बनेको छ ।

प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिको चुनावअघि नै सरकारलाई पूर्णता दिने विषयमा आन्तरिक छलफलमा जुटिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर