राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि चैत ५ गतेसम्म आचारसंहित लागू – Nepal Press

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि चैत ५ गतेसम्म आचारसंहित लागू

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि भोलिदेखि आचारसंहिता लागू गर्ने भएको छ। आयोगको आज बसेको बैठकले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म आचारसंहित लागू गर्ने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन्।

दुवै पदको निर्वाचनको लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
आचारसंहिता भदौ १३ गते नै नेपाल राजपत्र खण्ड, संख्या ३२ मा प्रकाशन भइसकेको छ।

आचारसंहित नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारीमा लागू हुनेछ।

यस्तै, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातामा लागू हुने उल्लेख गरिएको छ।

संवैधानिक व्यवस्थाअनुसार निर्वाचनमा संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता रहेका छन्। निर्वाचन आचार संहित पालना गरी निर्वाचनको स्वच्छता र विश्वासनीयता कायम गर्नु सबै पक्षको दायित्व र जिम्मेवारी भएको आयोगले जनाइको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर